गाउँपालिका स्तरीय कृषि समिति गठन

0
803

डिल्लीराज पंगेनी । पूर्वखोला
पुर्बखोला गाउँपालिका भित्रका अगुवा किसान र जनप्रतिनिधि बिच अन्तक्रियासँगै गाउँपालिका स्तरीय कृषि समिति गठन गरिएको छ ।

पुर्बखोला गाउँपालिका–३ रिङ्नेरहमा भएको कार्यक्रमको अध्यक्षता पुर्बखोला–३ का वडा अध्यक्ष निलकठ भट्टराइले गरेका थिए ।
भने स्वागत गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराइले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि पाल्पा जिल्ला समन्वय समितिका सदस्य इश्वरी प्रसाद न्यौपानेल गाउँपालिकाको माथिलो भेगमा सुन्तला र तल्लो भागमा केराका लागि उपयुक्त भुभाग रहेको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, वडा नं. १ का अध्यक्ष भोग बादुर थापा, २ का अध्यक्ष निर बहादुर सारु, ४ का अध्यक्ष रिमप्रसाद श्रेष्ठ, ५ का अध्यक्ष धन बहादुर सिंजाली सहित किसान राम प्रसाद न्यौपाने लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा देवी प्रसाद पंगेनीको संयोजकत्वमा कृषि समितिको गठन गरिएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।