सत्यवतीमा स्टेज उद्घोषण र नेतृत्व विकास सम्बन्धि तालिम

0
562

पाल्पा । दलित उत्थान समन्वय समिति तिनाउ गाउँपालिका–४ सत्यवती पाल्पाको आयोजनामा चारदिने स्टेज उद्घोषण र नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष दानबहादुर गाहाले सचेतनाका हिसाबले यहाँका नागरिकको अवस्था कमजोर रहेको भन्दै अहिले आफुहरु अभियानकै रुपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । यहाँ अझैपनि कतिपयले छाउपडी प्रथामा विश्वास गर्ने र वालविवाह गर्ने परम्परा रहेको भन्दै यसको न्यूनिकरणका लागि अभियानकै रुपमा गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको उनको भनाई छ । अध्यक्ष गाहाले यो अभियानलाई सफल बनाउनको लागि सहयोग गर्न तालिममा सहभागीहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा विशिष्ट अतिथि वडा सचिव खिमबहादुर राना, प्रशिक्षक नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, वन समन्वय समिति तिनाउ गाउँपालिकाका उपाध्यक्ष कृष्ण रेग्मी, दलित युवा रामु विसी, अमरदीप विश्वकर्मा लगायतले तालिममा सिकेका कुरालाई जीवन व्यवहारमा जोडेर समाज रुपान्तरणको अभियानमा लाग्न सुझाव दिए ।
तालिममा सहभागी गणेश सुनार र डोमीसरा दर्लामीले यस्ता खालका तालिम आफुहरुलाई अझै पनि आवश्यकता रहेको बताए । झण्डै ४० जनाको सहभागीता रहेको तालिममा नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्माले सहजिरकण गरेका थिए वडा सदस्य सीता सुनारको सभापतित्वमा भएको कार्यक्रममा दलित उत्थान समन्वय समितिका अध्यक्ष उदयराज परियारले सञ्चालन गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।