यस्तो पो स्थानीय सरकार, गाउँमै आइपुगे डाक्टर

    0
    1835

    शान्ति अधिकारी (बगनासकाली) पाल्पा ।
    बगनासकाली गाउँपालिकाको आयोजना नेपाल परिवार नियोजन संघ, चौतारी नेपाल हेल्थ फाउन्डेसन रुपन्देही, जिल्ला अस्पताल पाल्पाको प्राविधिक सहयोग र बगनासकाली ४ खानीछाप स्वास्थ्य चौकी, आमा समूहहरुको सहआयोजनामा खानीछापमा २ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    १५ र १६ गते संचालित शिविरको समापन समारोहमा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बश्यालले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए । बिशेष अतिथिको रुपमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. उमा शंकर प्रसाद चौधरी रहेका थिए भने वडा अध्यक्ष हुतमानसिं दर्लामीको अध्यक्षतामा कार्यक्रम चलेको थियो । चौतारी नेपाल हेल्थ फाउन्डेसन रुपन्देहीका प्रशासकिय अधिकृत बिमल ढकाल, परिवार नियोजन संघ पाल्पाका शाखा अधिकृत सोबाकान्त न्यौपानेले समेत धारणा राखेका थिए ।

    कार्यक्रममा पाल्पा जिल्ला अस्पताल प्रमुख डा. भास्कर हुमागाइले स्वास्थ्य शिबिर मा प्रदान गरिएको सेवा सम्बन्धी प्रतिबेदन पेश गरेका थिए । शिविरमा ६ सय ८ जना सेवाग्राहीले सेवा लियका छन जसमध्ये १ सय ९७ जनाले विशेषज्ञ डा. मौसमी थापाबाट नशा तथा मनोरोग सम्बन्धी सेवा लिए । ५५ जना महिलाले वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सतिश रुपाखेती बाट जाँच गराएका छन भने २३५ जना महिलाको पाठेघरको क्यान्सरको जाँच गराएका छन जस मध्ये ४ जनामा क्यान्सर जाँच पोजेटिभ देखिएको छ । त्यस्तै ६ जनामा आङ खस्ने समस्या देखिएको छ ।

    २ जनालाई अस्थाइ परिवार नियोजनको साधन इम्पलान्ट लगाइयको थियो । सिबिरमा ३१ जनालाई क्षयरोगको लागि खकार जाँच गरिएको थियो । १५ जनालाई इ.सि.जि. जाँच गरिएको छ । यस प्रकारको शिविरबाट स्थानीयले राम्रो लाभ लिएको बगनासकाली गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले बताए ।

    शिविरमा ४ सय ५१ महिला र १सय ५७ पुरुष सेवाग्राही थिए । गाउँपालिकाका स्वास्थ्य संयोजक मणिराम अधिकारीको धन्यवाद ज्ञापन र गाउँपालिका स्वास्थ्य शाखा उप संयोजक ठानेश्वर बस्यालको संचालनमा कार्यक्रम चलेको थियो ।

    पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।