जनप्रिय माविको ५८ औं वार्षिकोत्सव सम्पन्न

0
964

पाल्पा । जनप्रिय माध्यमिक विद्यालय तानसेन पाल्पाको ५८ औं वार्षिक उत्सव तथा अभिभावक दिवश आज सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश ५ का प्रदेशसभा सदस्य डाक्टर पुरनमान वज्रचार्यले यो विद्यालय तानसेन नगरभित्रको नमुना विद्यालय बन्न सक्ने संभावना रहेको भन्दै यहाँको शिक्षालाई अझै गुणस्तरीय बनाउन सुझाव दिए ।

विशिष्ट अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले अब पुरानो शिक्षा पद्धतीको अन्त्य गरि आधुनिक, प्राविधिक र जीवनपयोगी शिक्षाको विकास गर्ने विषयलाई तर्फ बहसको विषय बनाउनुपर्ने बताए । कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सागरमान महर्जन, वर्तुङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष विधान श्रेष्ठ, खानेपानी समितिका सचिव तथा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य पूर्णप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, अक्षयकोषदाता सुभद्रा भट्टराई, मुक्तिनाथ विकास बैक तानसेन शाखाका प्रमुख नारायण प्रसाद पौडेल, लोटस बोर्डिङ स्कुल सञ्चालक समितिका अध्यक्ष टेकबहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष शिवप्रसाद बश्याल, पूर्व अध्यक्षद्वोय धनबहादुर विक, हरीप्रसाद पाण्डे, भैरव जनता विद्यालयका शिक्षक दामोदर कँडेल, भूतपूर्व विद्यार्थी भेषराज पंगेनी, विद्यार्थीहरु समिक्षा तिमल्सेना, कृष्ण भाट, शुभम ज्ञवाली लगायतले शुभकामना दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्रलाल भट्टराइले वार्षिक प्रगति प्रतिवेदन र १ करोड, ९ लाख, २१ हजार, ८ सय ३९ रुपयाँ ७० पैसा बराबरको आयव्याय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्रलाल भट्टराई र शिक्षिका विमला आचार्यलाई दीर्घसेवा गरेको भन्दै सम्मान गरिएको थियो । उनिहरुले सो विद्यालयमा २० वर्षभन्दा वढी अध्यापन गर्दै आएका छन । यस्तै विद्यालयमा उत्कृष्ट अध्यापन गराएको भन्दै शिक्षिका सोनीया परियार, मञ्जु पोख्रेल, विमला पंगेनी, तिलाकुमारी केसी, साहिल भित्रिकोटीलाई सम्मान गरिएको छ ।
शिक्षक तीर्थप्रसाद गौतमको सहायक प्रधानाध्यापक हिरा आचार्यको संचालनमा कार्यक्रम चलेको थियो । कार्यक्रमको बीचबीचमा छात्रवृत्ति, पुरस्कार वितरण गरिनुका साथै विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।