किसानलाई तरकारी खेती सम्वन्धी स्थलगत तालिम

0
2584

डिल्लीराज पंगेनी । (पूर्वखोला) पाल्पा ।
पुर्वखोला गाउँपालिका वडा नं २ जल्पामा पूर्व गाउँपालिका कृषि शाखा द्धारा आयोजना गरिएको तरकारी खेति सम्बन्धी एक दिने घुम्ती स्थलगत तालिम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष निर बहादुर सारूले कृषिमा ब्यबसायिकता ल्याउनुपर्ने र जल्पालाई कृषिको नमुना वडाको रुपमा चिनाउन सकिने बताए । तरकारी नर्सरी ब्यबस्थापन सम्बन्धि गाउँपालिकाका कृषि शाखाका प्रमुख भगवती प्रसाद धोवीले सहजिकरण गरेका थिए ।

त्यस्तै जैबिक बिषादी सम्बन्धि कृषि प्राबिधिक अमृता भट्टराईले भट्टराईले जानकारी गराइन् । तालिममा ३० जना अगुवा किसानहरूले तालाम लिएका थिए । कार्यक्रममा लहरे जातका बालि अन्तरगत हाईब्रेड काक्रो करेला टमाटरका बिउबिजनहरू कृषक समुहहरूलाई बितरण गरिएको छ । कार्यक्रम अगुवा कृषक संमन्वय समितीका अध्यक्ष डोल बहादुर घर्तीको अध्यक्षता र संस्थाका सदस्य भिम बहादुर सारुको संचालनमा सम्पन्न भएको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।