शर्माको खोसिएको खुसी बिमोचित

0
1636

पाल्पा । पाल्पाका स्वास्थ्थकर्मी समेत रहेका साहित्यकार रुक्मागत शर्माद्वारा लिखित खोसिएको खुसी कविता संग्रहको तानसेनमा एक कार्यक्रमका बीच बिमोचन गरिएको छ ।

वरिष्ट संगीतकार एवं वरिष्ट स्त्री रोग विशेषज्ञ डा. भोला रिजालले उक्त कविता संग्रहको शनिबार विमोचन गरे । कविता संग्रहमा ४ सय २३ वटा कविता समावेश रहेका छन् । कविता संग्रह विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार रिजालले नेपाली साहित्यमा नयाँ शैलीको कविता संग्रह खोसिएको खुसी आएको बताए ।
कार्यक्रमम पाल्पा क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य सोमप्रसाद पाण्डेयले पाल्पाको पुरानो पहिचानलाई फर्काउन, पाल्पालाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्न जनतासंग काध–काध मिलाएर काम गर्ने बताए । कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर राना, डा. पुरनमान बज्राचार्यले साहित्यकार शर्मालाई बधाई तथा शुभकामना दिए ।

तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, ईन्जिनियर भीमार्जुन पाण्डे, समाजसेवी राजेश्वर उदय, डा. शंकर प्रसाद गैरे, शिक्षाविद बुद्धिप्रसाद शर्मा, लगायतले कृतिको सफलताको कामना गरे । साहित्यकार तथा भाषा विज्ञहरु टंक भट्टराई र डा. रामप्रसाद ज्ञवालीले समीक्षा गरेका थिए । धवल पुस्तकालयका महासचिव राजेश कुमार अर्यालको संचालन र अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।