वाम एकता होइन कम्युनिष्ट एकता आजको आवश्यकता

0
702

एसकुमार गरंजा
१. नेपालको बर्तमान राजनितिक अवस्था
बिचारले जतिसुकै शुद्ध र कार्यक्रमले सुन्दर भएपनि संगठनहरू फूर्तिला नहुँदा राजनिति परिणाम विहिन् हुँदोरहेछ । किनभने भद्धा संगठन, अलोतान्त्रिक नेता र चाकरीवाज कार्यकर्ताले बिचारलाई नै गोलमाल बनाउँछन् । त्यस्तैगरि सुरुदेखि नै नेपाली राजनितिमा कथित अभिजात्यवर्गको प्रभाव छ । नेपालको आधुनिक राजनितिक इतिहास नै यस्तो समयबाट शुरु भयो, जतिबेला घरानियाहरू मात्र राजनितिक गर्थे । राजनितिको मूख्य धेय राज्यको चरित्र बदल्नु हो । तर हाम्रो राजनिति राज्यको स्वरुपमा अल्झिएको छ । अझै भन्छन् महाजन र यो देशका पुरोहितहरू लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, मानबअधिकार, समाबेशी समानुपातिकको ब्यवस्था आयो । तर खै कहाँ आयो ? पार्टीहरू बन्नु, निर्वाचन हुनु र जनताले मत खसाल्नु मात्रै लोकतन्त्र र गणतन्त्र होइन । यो प्रक्रियाले त दलियतन्त्र मात्र निर्माण हुन्छ । लोकतन्त्र, गणतन्त्र र दलियतन्त्रमा निकै अन्तर छ । गणतन्त्रमा दलिय सर्वोच्चता होइन, नागरिक सर्वोच्चता हुन्छ । नेपालमा थोरै गणतन्त्र अनि धेरै दलियतन्त्र त्यसमा पनि विशेषगरि नेतातन्त्र हावी छ । जोताहा किसान मंसिरमा धान फलाउँछन् तर पुषमा भोकै मर्छन् । किसानका लागि गणतन्त्र कहाँ छ ? सवै उस्तै छ – सपना उही छन् र सुन्दर भविष्यका प्यासहरू पनि उस्तै छन् । फेरियो त फगत राजनीति फेरियो, नेता फेरिए, परिवर्तनले न जनताको भोको पेट भरियोे । न आङ्मा जाँडो छल्ने कपडा मिल्यो, न त ओत लाग्ने छाप्रो नै पाइयो । त्यसैले गणतन्त्र कस्को ? नेताहरूको कि जनताको ? नेताहरूले कमाएकोमा कुनै रिसराँग छैन तर जनतालाई पनि त गणतन्त्रको ‘बेनिफिट’ चाहियो । नेपाली राजनीतिले इतिहासबाट पाएको वैचारिक जड्ता र सत्तामूखि चरित्र फेर्न सकेन । व्यवस्था फेरियो तर अवस्था फेरिएन, राजनिति फेरियो, तर राजनिति संस्कृति फेरिएन । हरेक आन्दोलनले शाषकहरू त फे¥यो तर देश र जनताको जीवन फेरिएन ।

२. पार्टी नेतृत्वको बिचलन र यसले पारेका प्रभाब

हामी वामपन्थी नेताहरू मालेमाबादी दर्शन कार्यकर्तालाई पढाएर नथाक्ने आज आफू कति मालेमाबादी भयौँ ? विषय गंभिर छ । हामी आफूलाई लेनिनका चेला स्विकार्ने वामपन्थीहरू लेनिनबादी संगठनात्मक सिद्धान्तको एक अंश पनि पालना गरेका छैनौ । सबै भद्रगोल, को कुन कमिटीको हो चिन्नै गाह«ो छ । पार्टी भित्र पार्टी, गुट भित्र उपगुट, बिभिन्न समुह, सर्वहारा पार्टी भित्र अर्को नवधनाद्य ठगिखानेवर्ग मौलाउदै गैरहेको छ । कसैले कसैलाई टेर्दैन अराजकता बढिरा‘छ । अहिले पार्टीमा सिद्धान्त, राजनैतिक तथा बैचारिक कार्यदिशा भन्दापनि व्यक्तिको पोजिसन र अवसरमा लडाइ छ । कार्यकर्तालाई कम्युनिष्ट भएर त्याग गर्न सक्नुपर्छ भनेर पढाइन्छ तर प्राय नेताले त्याग गरेको जानिएन । हरेक स्थानमा आफू भए ठिक अरु भए बेठिक भन्ने प्रबृति हावी हुँदै गैरहेको छ । बाहिर नागरिक सर्बोच्चता, पार्टीभित्र जनवादको वकालत गर्न सिपालु हामी तर २÷४ जना नेताको सर्बोच्चता र पार्टीभित्र पार्टी नेतृत्वको जनवाद छ । अनि कसरी चल्छ पार्टी र कसरी बन्छ देश ? सामुहिक निर्णय पद्धति हराउँदै गैसकेको छ । कुनै पनि महत्वपूर्ण निर्णय गर्दा राष्ट्रिय भेला, बिस्तारित बैठक, विशेष अधिवेशन र महाधिबेशनबाट टुङ्ग्याउनुपर्ने तर केही छैन सबै मनोमानी छ । नेतृत्वले जे बोलेपनि पार्टीको संस्थागत कुरा हुँने तर अरू कुनै पदाधिकारी वा व्यक्ति बोल्दा व्यक्तिगत धारणा हुने कुरा बेला–बेलामा सुन्नमा आउँछ । पार्टीमा संस्थागत र आधिकारिक भन्ने कुरा लोप हुँदैछ । पार्टीभित्र बिचार र कार्यनितिको बहस त आजभोली हुन छाड्यो तै पनि कहिले काहि कुनै बिषयमा बहस भैहाल्यो भने अध्यक्षको लाइनलाई संस्थापन भनेर व्याख्या गरिन्छ । बरु त्यसको ठाउँमा संस्थापन भनेको पार्टीको सिद्धान्त अनुसार राजनैतिक तथा बैचारिक कार्यदिशा हो । त्यो स्पिरिट कसले बोकेको छ चिन्नुपर्छ तर नेपाली राजनितिमा संस्थापन शब्दलाई अपव्याख्या गरिएको छ । साथै नेतृत्वलाई देवत्वकरण गरि भ्रष्ट बनाउने र आफ्नो स्वार्थ पूर्ति गर्ने समस्या बिकराल रुपमा गतिमा छ । नेता र नितिमा प्रमूख नितिनै हो । अर्थात व्यक्ति प्रमूख होइन पार्टी प्रमूख हो भन्ने कुरा सबैले जान्नुप¥यो । यदि नितिले राज गर्न सकेन भने एकदिन नेताहरूलाई बाढीले बगाएर लैजान्छ । त्यसकारणले पार्टी संस्था र ऊ हिड्ने बाटो (बिचार) कसैको पेवा हुन सक्दैन र हुनुपनि हुँदैन । नेता सबैको हुनुपर्छ जनता र कार्यकर्ताको समस्या बुझ्ने र हल गर्ने । नकि कुनै ४÷५ जना र कुनै गुटको होइन । त्यसैले हामी नेता बन्न सकेका छैनौ, नेतृत्व मात्रै हो ।

“आलोचना र आत्मालोचना त कम्युनिष्ट पार्टी भित्रको सही र गलत छुट्याउने बलियो हतियार हो ।”–लेनिन तर नेतृत्वको आलोचना गर्ने हो भने यस्तो आरोप लगाइन्छ— या ऊ फरक गुटको मान्छे हो, या त उसको असन्तुष्टी भनेर टारिन्छ । पार्टीमा आलोचना र आत्मालोचना नै भएन भने पार्टी बिग्रन्छ तर नेताहरूलाई आफ्नो कार्यकर्ता र जनतालाई विश्वास लाग्दैन, शंका गरिन्छ दुश्मनलाई जस्तो गरी । इमान्दार र सोझा नेता तथा कार्यकर्ताको पार्टीमा भविष्य छैन, नेतृत्वको आँखाको कसिङ्गगर हुन्छन् तर जसले खुरापाती गर्छ र चाप्लुसी गर्छ त्यस्ता व्यक्ति नेताको बिश्वासिलो पात्र कहलाउँछ ।

त्यस्तैगरि फरक दलका कार्यकर्ताहरूलाई जे भनेपनि विश्वास गरिन्छ । कार्यकर्ता हरेक पार्टीको पूंजी हो, यसलाई संरक्षण र उत्पादन क्षेत्रमा लगाउनु पार्टीको दायित्व हो । यसमा नेतृत्वको ध्यान पुग्न जरुरी छ, यद्यपि यसमा कसैको ध्यान गएको देखिन्न । बिभिन्न समस्याहरू सँग लड्दा–लड्दै पार्टी छोड्न बाध्य हुन्छ कार्यकर्ता तर पार्टी छोड्यो भने पलायन, राजनितिक बिचलन, पार्टी प्रतिको धोक्का र गद्धार ग¥यो भनेर आरोप लगाइन्छ । समस्या के थियो, के कारणले पार्टी छोड्यो भनेर कहिल्यै समिक्षा गरिन्न बरु छोड्यो भने टेन्सन मुक्त भनी खुशी मनाइन्छ । कारण खोज्दैनौ, हामी बाराम्बार कार्यलाई प्रधानता दिइरहेका हुन्छौ तर हरेक क्षेत्रमा कारण विना कार्य हुँदैन । अर्को समस्याको कुरा गर्दा पार्टीभित्र काम नगर्ने, निश्क्रिय हुने, पुरानो भनेर इतिहासको ब्याज खाने चलन बढ्दै गैरहेको छ । पार्टीमा योगदान, क्रियाशिलता, सक्षम र समय दिनसक्ने व्यक्तिलाई ठाँउ र जिम्मा दिनुपर्छ । पैसावाला, दाह«ीजुँगा फूलेका, ठुला भूँडी भएका र कोटपाइन्ट लाउनेले मात्र पार्टी चलाउनुपर्छ भन्ने विधान कहि छैन । काम गर्ने एबिसिडी जो होस् त्यसलाई स्थान दिनुपर्छ । नकि तेरो मेरो गुटको वा फरक पार्टीको भनेर होइन । आफूले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने जसलाई ‘बादरे प्रबृति’ भनिन्छ । हो यहि प्रबृति हावी हुदै गइरहेको छ नेपाली राजनितिमा । राम्रो कामलाई फरक पार्टीको भएपनि सम्मान गर्न सिकौ र नराम्रो कामलाई आफ्नै पार्टीको वा दाजुभाइ किन नहोस् बिरोध गरौ । मेरो र हाम्रो मान्छेलाई भन्दा सबैको र राम्रो मान्छेलाई ठाँउ दिनुपर्छ । खराब प्रबृतिको बिरुद्ध पार्टीभित्र वा बाहिर भण्डाफोर गरौ र अगाडि बढौ ।

३. वाम एकता होइन कम्युनिष्ट एकता गर्नुपर्छ

अहिले पार्टी एकताको हल्लाले सबैका कान गुञ्जायमान भैरहेको छ । यद्यपि हाम्रो देशमा बिभिन्न वादहरूले निर्माण गरेका अजंगका तमाम पर्खालहरू छन् । अनि लोकप्रिय नेताहरूको संकिणता र दरिद्र मानसिकता आ–आफ्ना पार्टी गुज्रीरहेको छ भने अर्कोतिर पटक–पटक आन्दोलन गरेर पनि सपनाहरूको मलामी जादै गरेका अभागी मान्छेहरूको लस्कर अझै बढ्दै गैरहेकोछ । आशा गरौँ अव त्यो कम्युनिष्ट एकताले पूरा गर्नेछन् र व्यवहारले सार्थकता पाउनेछ । “एकता धेरै राम्रो कुरा र एकता धेरै राम्रो नारा हो । परन्तु मजदूर तथा सर्वहारा वर्गको उद्धेश्यका लागि जुन वस्तुको आवश्यकता छ त्यो माक्र्सवादीहरूको एकता हो नकि माक्र्सवादीहरू र माक्र्सवादको विरोध तथा त्यसलाई विकृत गर्नेहरू सितको एकता”– लेनिन । हो लेनिनले भनेझै एकता धेरै राम्रो कुरा हो, त्यस्तैगरि मिलन र भेट । मिलन भयो भन्दा सबैलाई राम्रो लाग्छ तर बिछोडले सबैको मन चिन्तित गराउँछ । यो भनेको प्रेममा जस्तो भावनाको एकता पनि होइन, यो बिचारको एकता हो । त्यसकारणले कम्युनिष्ट पार्टीमा एकता भनेको सिद्धान्त, विचार र संगठनात्मक प्रणालीको एकता हो र एकता भनेको सम्मानजनक तरिकाले एकले अर्काको अस्तित्व स्विकार्ने एकता हो । नकि एक पार्टी अर्को पार्टीमा गएर बिलय हुने होइन र होइन पनि ‘त्वम शरणम् गच्छामी’ । एकता भनेको दुवै पार्टी र व्यक्ति समान हैसियतमा एकता हो । अरु कुरा महाधिवेशबाट टुङ्ग्याउदै लैजाने कुरा हो ।

त्यसैले अब एकता भनेको वामपन्थी एकता होइन कम्युनिष्ट एकता हो र मालेमावादी एकता आजको आवश्यकता हो । ‘मेरै गोरुको बाह«ै टक्का’ भनेर होइन, सर्बप्रथम राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर छिटोभन्दा छिटो सबै वामपन्थीहरू एकजुट हुनुपर्छ अनि कम्युनिष्ट एकता गर्नुपर्छ । नेपाली जनता र कार्यकर्ताको अभिमत, चाहना र भावना भनेको एमाले र माओवादी मात्रको एकता नभई सम्पूर्ण २२ से २४ से वामपन्थीहरूको एकता हो र साथमा कम्युनिष्ट एकता हो । अझै साँचो अर्थमा भन्नेहो भने कम्युनिष्ट दर्शन र व्यवहारको एकता हो । अव त्यसको नेतृत्व यो देशमा रहेका मूख्य दुइ ठुला दल एमाले र माओवादीले गर्नुपर्छ । नेपालमा करिब ६० प्रतिशत वामपन्थीहरू छरिएर रहेका छन् । कोही सत्ता वरिपरि छन् भने कोही सत्ता बाहिर छन् । हिजो हामीलाई कम्युनिष्ट भनेको अन्तराष्ट्रिय जाति, अन्तराष्ट्रियबादी हुनेछ र व्यक्तिको कुनै निजी स्वार्थ हुनेछैन भनिन्थ्यो र साथमा ‘संसद भनेको बाहिर खशीको टाउको देखाएर भित्र कुकुरको मासु बेच्ने थलो हो ।’ भन्ने हाम्रो अग्रज आज कुकुरको टाउको र नेपाली आमाको टाउको बेच्दै देशलाई चाके थापेर जुवा खेलिरहेका छन् । सत्ता वाहिर बस्दा राष्ट्रिय स्वाधिनता, नागरिक सर्बोच्चता र लोकतन्त्रको नारा लगाएर नथाक्ने वामपन्थी प्रियजन तर सत्तामा पुगेपछि किन बेचिन्छ स्वाभिमान, किन भूलिन्छ लोकतन्त्र र किन अपहरणमा पर्छ मानव अधिकार ? यो कुरा आफूलाई कम्युनिष्ट भनाउँदा दल र पार्टीले आत्मसाथ गर्नुपर्छ । यिनिहरू नमिल्दा गैह« वामपन्थीहरूले राज गरिरहेका छन् । हुन त यो देशका केही वामपन्थी पार्टी आफूलाई सबैभन्दा असल कम्युनिष्ट भन्न रुचाउँछन् यद्यपि सिद्धान्त (दस्तावेज) मा त्यो लेखिएता पनि व्यबहारमा लागू भएको देखिन्न । आजभोलि कम्युनिष्ट भन्न मन पराउनेहरू कम निष्टा र वामपन्थीहरू दामपन्थी हुँदै गैरहेको कुरा व्यवहारले पुष्टी गरेको छ । यद्यपि सबै बेठिक हुन् वामपन्थी पार्टीभन्दा अरु पार्टी राम्रो भन्न खोजेको होइन अपबादमा धेरै राम्रा पात्रहरू पनि छन् तर पार्टी राम्रो हुनका लागि मूल नेतृत्व उसले लिएका निति ठिक हुनुपर्छ र नेता भनेको आफ्नो व्यक्तिगत समस्यालाई थाती राखी पहिला देश, जनता र कार्यकर्ताको समस्या हल गरी निकास दिने हुनुपर्छ ।

तर उल्टो बिकास भैरहेको छ हाम्रो देशमा । आजभोलि कम्युनिष्टमा हुनुपर्ने मूख्य ३ नियम र ८ ध्यानदिनुपर्ने कुरा सबैका दिमागबाट डिलिट भएको छ र कतै भोलि कम्युनिष्ट पार्टीका मूल्य मान्यताहरू दस्तावेजबाटै डिलिट हुने त होइन चिन्ताको बिषय छ । यही भएर होला शायद कबि लेखनाथ न्यौपानेले आफ्नो कबितामा यो भनेका छन्– मै खाँऊ, मै लाउ, सुख सयल या मोज म गरु ! मै बाँचु, मै नाचु, मरुन अरु सब दुर्बलहरू !! हो यहि भएको छ हाम्रो नेपाली राजनिति । हरेक वापपन्थीमा नातावाद, कृपावाद, जातिवाद, क्षेत्रवाद, डनवाद, नेतावाद लगायतका वादहरू थपिदै गैरहेका छन् । यि सबै प्रकृतिहरूको अन्त्य हुनुपर्छ । यसो हुन सकेको खण्डमा साचो अर्थमै हामी कम्युनिष्ट भन्न लायक हुन्छौ । त्यसकारणले सबै कम्युनिष्टहरू वामपन्थी हुन सक्छन् तर सबै वामपन्थीहरू कम्युनिष्ट कम्युनिष्ट हुन सक्दैनन् भन्ने जुन भनाई छ, उक्त भनाई नेपाली समाजमा पनि निश्चित रुपमा लागु हुन्छ । अतः कम्युनिष्ट भनेको ‘जन्ताले आफ्नो शासन आफै गर’ भन्ने हो । त्यसैले कम्युनिष्ट भन्ने नेताहरू कम्युनिष्ट आचरण र नैतिकतामा रहन सक्छन् कि सक्दैनन् भन्ने चुनौति छ । यि सबै बिश्लेषणको निश्कर्ष के हो भने कम्युनिष्ट भनेको अवैद्ध सम्पत्तिको खारेज र राष्ट्रियकरण गर्दै वैद्ध सम्पत्तिको संरक्षण र प्रोत्साहन दिदै राष्ट्रिय पूंजिको बिकास गर्ने वाहक हुन् । अत त्यो हैसियत देखाउन सक्नुपर्दछ ।

राष्ट्रिय पूंजिको बिकास पछि मात्र समाज बल्ल समाजवादमा जान्छ । त्यसवेला सबै निजि सम्पत्तिलाई राष्ट्रियकरण गर्ने काम हुन्छ । उक्त समयमा कसैको निजि सम्पत्ति भन्ने हुदैन । त्यही भएर चिनका राष्ट्रपतिले ‘निजि सम्पत्ति हुने कम्युनिष्ट हुन सक्दैन’ भनेका छन् । अर्को कुरा समाजवादमा सबै नागरिकलाई गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, शान्ति, सुरक्षा र स्वतन्त्रताको कल्पना गरिएको छ । यदी जन्ताले त्यसको प्रत्याभूत र महशुस गर्न पाएनन् भने त्यो व्यवस्था टिक्न सक्दैन । त्यसकारणले नेपाली जनतालाई समाजवाद र साम्यवादको ललिपप देखाउने भन्दापनि आजको आवश्यकता पुरा गर्नुछ । जस्तै ः– युवालाई स्वरोजगारको व्यबस्था, सामाजिक सुरक्षामा बृदि, अशक्त÷अपाङ्गका लागि बिशेष भत्ता, किसानलाई प्रोत्साहन हुने कार्यक्रम, गरिब जन्ताहरूको लागि आधारभूत आबश्यकता पूर्ति लगायत चाहिँएको छ । त्यसको लागि सर्बहारा, मज्दूर, किसान, सुकुम्बासी, उत्पिडित, बिपन्न बर्गको एकता हुनुपर्छ । त्यसको लागि वाम एकता हुदै सिद्धान्तमा भन्दा व्यबहारको कम्युनिष्ट एकता गरि हल गर्नुपर्छ । असल नियतका साथ कम्युनिष्ट एकता हुन सकेको खण्डमा देशले निकास पाउनेछ र हाम्रो लागि माक्र्स, लेनिन र माओका असल अनुयायी बन्न मार्ग तयार हुनेछ ।
जय कम्युनिष्ट एकता ।। सदस्य
नेकपा (माओबादी केन्द्र)
महाधिबेशन आयोजक समिति

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।