बाँदरलाई भन्दै भिनाजुलाई गोली हान्ने धरौटीमा छुटे

    0
    1952

    पाल्पा । तिनाउँ गाउँपालिका ६ मस्याम जन्तीलंगका ३६ वर्षीय बाल बहादुर लम्तरीले गत पुस १७ गते बादरलाई ताकेर हानेको गोली नाताले भिनाजु पर्ने ६२ वर्षीय धन बहादुर थापालाई लाग्यो र धनबहादुरको निधन भयो ।

    उनी जिल्ला अदालत पाल्पाको आदेश अनुसार माघ १२गते १८ हजार ५ सय धरौटीमा छुटेका छन् । उनै बाल बहादुरलाई माघ १४ गते जिल्ला प्रसासन कार्यालय पाल्पामा हात हतियारखरखजना मुद्धामा पेश गरिएको छ ।