तपाइँको लागि पाहुँर आयो

0
922

कमल बस्याल । तानसेन
मगर सस्कृतिमा आधारित चलचित्र पाहुर सम्बन्धी जानकारी गराइएको छ । कला मनोरञ्जन पत्रकार संघले पत्रकार सम्मेलनको आयोजना गरि केही दिनअघि उक्त चलचित्रबारे जानकारी गराएको हो ।
कार्यक्रममा बोल्दै चलचित्र पाहुरका निर्देशक सुमन थापाले चलचित्र बिलकुलै मौलिक, सरल र उत्कृष्ट भएको भन्दै यसले राम्रो सफलता हासिल गर्नेमा आफू बिश्वस्त रहेको बताए । चलचित्रका लेखक बाबुराम घिमिरेले काठमाण्डौ बाहिरका सबै चलचित्रलाई स्थानीय भन्ने गलत धारणा बसेको भन्दै सानो लगानीमा पनि उत्कृष्ट चलचित्र निर्माण गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा पनि यो चलचित्र सफल हुने बताए ।
चलचित्रले मगर सस्कृतिको प्रवद्र्धन र उत्थानमा महत्वपूर्ण भुमिका खेल्नुका साथै समाजमा हुने बिभिन्न खालका अनावश्यक द्वन्द्वको चिरफार गर्ने चलचित्रका निर्माता श्याम थापाले बताए । कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्यालले चलचित्र पाहुरलाई शुभकामना दि“दै मगर सस्कृतिको प्रवद्र्धन र उत्थानमा यस चलचित्रले उच्च भुमिका खेल्ने विश्वास राखे ।
कार्यक्रमका अध्यक्ष कला मनोरञ्जन पत्रकार संघ पाल्पाका उपाध्यक्ष श्रीधर पाण्डले चलचित्रलाई शुभकामना दिदै यस्तो खालको चलचित्र कार्यक्रमको आयोजना गर्न दिएकोमा धन्यवाद दिए । संघका सचिव कमल बस्यालले सञ्चालन रहेको कार्यक्रममा सन्तोष बस्यालले स्वागत गरेका थिए ।
त्यसैगरि सम्मेलनमा फुल फुल्यो लालिगुरास बोलको गित कान्तिपुरका अर्यालले सार्वजनिक गरे । चलचित्रमा द्वन्द्व निर्देशन भने मिसन मगरले गरेका छन् । चलचित्रमा मिनुज राना, निश्चल चर्ति, सुमन बुढा, संगिता थापा, लगायतको मुख्य भुमि रहेको छ निर्माता पक्षका अनुसार मगर सस्कृतिसंगै माया प्रेम र समाजमा हुने बिभिन्न खालका द्वन्द्वलाई समेटेर चलचित्र निर्माण गरिएको छ ।