नायरनमतलेसमा २ दिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न

0
158

पाल्पा । बगनासकाली गाउँपालिका वडा नं. ३ वडा कार्यालयको आर्थिक सहयोग र युवा समन्वय समिति बगनासकाली ३ नारयनमतलेसको आयोजनामा २ दिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले युवाहरुमा कानुनी ज्ञानको आवश्यकता रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले पनि युवाहरुलाई आवश्यक ज्ञान सीपको बृद्धि गराउँदै अगाडि बढाउने योजना अनुरुप कार्यक्रम गर्दै आएको र वडा स्तरबाट पनि लक्षित वर्ग अन्तरगत यु्वाका लागि महत्वपूर्ण कार्यक्रम संचालन हुँदै आएको बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष एवम् बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले यसप्रकारको तालिमबाट युवाहरुले कानुनी साक्षरता लिने भएकोले पनि वडाले बिशेष महत्व दिएर बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले युवापुस्तामा कानुनी, सामाजिक, राजनीतिक, साँस्कृतिक विषयमा पनि जानकारी आवश्यक रहेको बताउनुभयो । उहाँले वडाले आगामी दिनमा पनि युवाहरुको नेतृत्व विकासका लागि बिभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै जाने बताउनुभयो ।

तालिमको पहिलो दिन पत्रकार तथा मानवअधिकारकर्मी यज्ञमूर्ति तिमिल्सिनाले मानवअधिकार विषयमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै पत्रकार दयाराज न्यौपानेले युवा र नेतृत्व विकास विषयमा र  आर्यभञ्ज्याङ् प्रहरी चौकी प्रमुख हरि प्रसाद अर्यालले समुदायमा हुने घटनाहरुको न्यूनीकरणमा युवाहरुको भूमिका बिषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिमको दोस्रो दिन अधिवक्ता शान्ति बस्याल र पत्रकार देव पचभैयाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम युवा समन्वय समिति नायरनमतलेसका संयोजक डेन्जिङ् रायमाझीको अध्यक्षतामा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here