आर्युवेदिक शिक्षा र उपचारप्रति आकर्षण बढ्दो

0
174
पाल्पा । पछिल्लो समय आर्युवेदिक शिक्षा र उपचारमा नागरिकहरुको आकर्षण बढ्दै गएको छ । माथागढी गाउँपालिकाले पनि आर्युवेद शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिई कार्यक्रम अगाडि बढाएको छ ।
गाउँपालिकाले पालिका अन्तरगत रहेको चिदीपानी आर्युवेद केन्द्र मार्फत उक्त कार्यक्रम अगाडि बढाएको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले आर्युवेदका लागि ५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । चालु आर्थिक वर्षको गाउँपालिकाको बजेटबाट गाउँपालिका अन्तरगतका २ वटा वडाहरुमा गाउँघर क्लिनिक संचालन भइरहेको छ । त्यस्तै  बिद्यालयहरुमा योग शिक्षा कार्यक्रम संचालन गर्ने योजना पनि रहेको आर्युवेद औषधालय चिदीपानीका प्रमुख अमृत भण्डारीले बताउनुभयो ।
गाउँपालिकाबाट बिनियोजित ५ लाख बजेटबाट ३ लाख रुपैयाँ गाउँघर क्लिनिक संचालन र २ लाख रुपैयाँ योगा तालिममा खर्च गर्ने गरी कार्यक्रम बनाएको उहाँले बताउनुभयो ।
गाउँघर क्लिनिक अन्तरगत चिदीपानीको धैरेनीमा हरेक महिनाको ३ र १८ गते तथा रुप्सेको दद्रामा हरेक महिनाको १० र २५ गते गाउँघर क्लिनिक संचालन हुँदै आएको छ । क्लिनिकमा आर्युवेदिक उपचार र आर्युवेद शिक्षा संचालन गरिने उहा“ले बताउनुभयो ।
आर्युवेद एउटा सवैभन्दा पुरानो प्रमुख मौलिक चिकित्सा पद्धति हो । यसको उत्पत्ति श्रृष्टिको प्रारम्भ देखिनै भएको मानिन्छ । आर्युवेदमा मान्छे जन्मे देखि नमरुन्जेल सम्मको दिनचर्याको वारेमा वर्णन गरिएको छ । यो पद्धति पूर्विय दर्शनमा आधारित छ । मानिस स्वस्थ रहनको लागी अपनाउनु पर्ने सवै उपायहरुको यसमा वर्णन गरिएको हुन्छ । पश्चिमी सभ्यताको शुरुवात सँगसँगै यो चिकित्सा पद्धति आझेलमा परेको छ । सके सम्म रोग लाग्नै नदिने र रोग लागी हालेमा आर्युवेदको उपचारलाई अवलम्वन गर्नुपर्दछ । विस्तारै विस्तारै कछुवाको गतिमा वामे सरेको चिकित्सा पद्धतिकोे सेवा विस्तारमा जोड दिदै नेपाल सरकार वाट आर्युवेदको पहुच बाट वञ्चित ठाउमा सेवा पु¥याउने उद्देश्यले २०५७ सालमा चिदीपानी आर्युवेद औषधालयको रुपमा सञ्चालनमा आएको हो । यो औषधालयले अहिले पनि निरन्तर सेवा प्रवाह गर्दै आएको छ ।
यो औषधालय मार्फत सेवा लिन सेवा ग्राहीहरुको आकर्षण बढ्दै गएको औषधालयका प्रमुख भण्डारीले बताउनुभयो । यस वर्ष पनि औषधालयले बिभिन्न कार्ययोजनाहरू बनाएको र आगामी दिनमा कार्यान्वयन गर्दै लगिने उहाँले बताउनुभयो । “यस वर्ष गाउ“पालिका भित्रका आधारभुत तह र माध्यमिक तहमा योग शिक्षा कार्यक्रम संचालन गर्ने तयारी छ । पहिलो चरणमा शिक्षकलाई तालिम दिने र शिक्षकले बिद्यालयमा योगा सिकाउने गरी योजना बनाएका छौं ।” भण्डारीले भन्नुभयो ।
औषधालयमा विरामीको निःशुल्क जाच तथा उपचार सेवा, ५ महिनासम्मका सुत्केरी महिलाहरुको लागी पोषणयुक्त औषधी वितरण, जेष्ठ नागरिकको स्वास्थ्य रक्षाको लागी रोगप्रतिरोधात्मक क्षमता बृद्वि गर्ने रसायनयुक्त औषधी वितरण, स्थानीय जडिवुटीको संरक्षण एवम् औषधी उपचारमा प्रयोग गर्न चेतना फैलाउने कार्यक्रमहरू हुँुदै आएको भण्डारीले बताउनुभयो । गत आर्थिक वर्षमा यो औषधालयमा मार्फत औषधालयमा आएर १८ सय ५७ महिला र १४ सय २८ जना पुरुषले सेवा लिएका छन् । त्यस्तै गाउँघर क्लिनिकमा सहभागी भएर १३ सय १९ महिला र ७ सय ७८ पुरुषले सेवा लिएको भण्डारीले बताउनुभये ।
त्यस्तै औषधालयबाटै स्नेहन स्वेदन कार्यक्रम, आमवाथ,वातरक्त, मेदो रोग आीद विरामीलाई राहत तुल्याउने औषधीयुक्त तेलले मालिस गरी  जडिवुटी को वाफले सेकेर निको पार्ने ।), शिरोधारा (मानसिक तनाव, अनिन्द्रा, टाउँको दुख्ने, माईग्रेन लगायतका समस्या भएका बिरामीहरुका लागि उपचार सेवा प्रदान गर्दै आएको उहा“ले बताउनुभयो ।
औषधालयको मुख्य उपलब्धीको रुपमा जडिबुटी पिस्ने मेशिन (डिस्क मिल) लाई सूचारू गरी चुर्ण औषधी निर्माण गरिएको, स्थानीय स्तरमा पाईने विभिन्न १९० वटा रड्डिन फोटोहरू संकलन गरी नाम र उपयोग समेत राखेर ३ वटा फ्रेममा राखिएको, स्थानीय जडिवुटीहरुको संरक्षण र उपयोगको वारेमा जानकारी गराउने उद्देश्यले विभिन्न १२२ वटा जडिवुटीहरुको बैज्ञानीक नाम, स्थानीय नाम, वर्षौ देखि स्थानीय जनताले प्रयोग गर्ने घरेलु विधिलाई समेटेर फ्रेममा राखिएको, आमवाथ, जोर्नी दुख्ने समस्याहरूलाई राहत तुल्याउन स्वेदन यन्त्रबाट दुखेको ठाउँमा औषधीयुक्त तेलले मालिस गरी  जडिवुटीको वाफले सेक्ने सेवा दैनिक उपलब्ध गराइएको भण्डारीले बताउनुभयो ।
माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले आर्युवेद सेवा र आर्युवेद शिक्षालाई पालिकाले पनि महत्व दिँदै कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । पछिल्लो समय आर्युवेदतर्फ धेरै मानिसहरुको आकर्षण बढेकोको पनि अध्यक्ष चिदीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here