तानसेनको शिक्षा सुधारका लागि अखिल क्रान्तिकारी पाल्पाले बुझायो मागपत्र

0
630

बुटवल । मोहन बैध किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) पाल्पाले तानसेन नगरपालिकाको शिक्षा शाखालाई बिभिन्न माग सहितको मागपत्र बुझाएको छ ।

तानसेन नगर शिक्षा अधिकृत कोपिला न्यौपानेलाई मागपत्र बुझाइएको हो । मंगलवार जिल्ला संयोजक संग्राम भियु थापाको नेतृत्वमा पुगेको टोलीले तानसेन नगर भित्र देखिएका शैक्षिक विकृति र समस्याहरुको समाधान गर्न माग गर्दै उक्त मागपत्र बुझाएको हो ।

मागपत्रमा सामुदायिक र संस्थागत विद्यालय तथा कलेजहरुमा विद्यार्थीलाई अनावश्यक त्रास देखाउन राखिएका DI (discipline Incharge) हरू तत्काल खारेज गर्न निर्देशन गरियोस्, सेनेटरी प्याडमा भएको भ्रष्टाचारको छानबिन गरी भ्रष्टाचारीलाई कारबाही गरियोस्, सरकारी कर्मचारी, जनप्रतिनिधि तथा राज्यबाट सेवा सुविधा लिने व्यक्तिहरूले निजी विद्यालबमा गर्ने लगानीलाई पूर्ण रुपमा रोक लगाई उक्त व्यक्तिका छोराछोरीहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था कार्यावन्यन गरियोस् भन्ने विषय उल्लेख छ ।

त्यस्तै उक्त मागपत्रमा सरकारी एवम् सामुदायिक विद्यालय माँस्ने, निजि विद्यालयहरुलाई प्रोत्साहान गर्ने गरि निर्माण गरिएको समिति र स्थानीय शिक्षा विधेयक र ऐन तुरुन्तै खारेज गरि सरकारी एवम् सामुदायिक विद्यालयहरुमा प्राविधिक एवम् वैज्ञानिक र गुणस्तरीय शिक्षा प्रदान गरियोस्, कुनै सामुदायिक विद्यालयमा विद्यार्थीको चाप हुने विभिन्न विद्यालयहरुमा विधार्थी अति न्युन हुने अवस्थाको अन्त्यका लागि स्थानीय विद्यालयहरुमा आवश्यक शिक्षक दरवन्दी र पूर्वाधारहरुको व्यवस्था गरियोस्, १० प्रतिशत छात्रवृत्तिलाई समेत पारदर्शी बनाइएको छैन् यसलाई बढाएर २५ प्रतिशत बनाइयोस्, विद्यार्थी एवम् अभिभावकको ढाड सेक्ने गरि असुल गरिएको शुल्क तत्काल फिर्ता गरियोस् भन्ने माग उल्लेख छ ।

त्यस्तै उक्त मागपत्रमा उक्त संगठनले विभिन्न समयमा राखेका मागहरु नयाँ शैक्षिक सत्रदेखि लागुहुने गरी पूरा गरियोस् भन्ने माग उक्त मागपत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here