एमाले बगनासकालीको अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

0
410

पाल्पा । नेकपा एमाले बगनासकाली गाउँ कमिटिको आयोजनामा गाउँपालिका स्तरीय १ दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम बगनासकाली–३ नायर हटियामा सम्पन्न भएको छ ।

प्रशिक्षणमा दल बहादुर गुरुङले प्रारम्भिक ज्ञान र उद्यमशीलता, वाइपी आचार्यले सूचना प्रविधिको ज्ञान र नयाँ दल तथा युवराज घिमिरेले माक्र्सवाद र जवज विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य ठाकुर गैरेले नेकपा एमाले देश र जनताको रोजाईको पहिलो पार्टीको रुपमा रहेको बताउनुभयो । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेता गैरेले आफूले यहाँको स्थानीय विषयहरु जुन बिषय ओझेलमा परेका छन् र राष्ट्रियकरण गर्नुपर्ने छन् ती विषयहरुलाई संसदमा राख्दै आएको बताउनुभयो । हालै मात्र पाल्पामा सुन्तलाको उत्पादन राम्रो हुने भएकोले सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा गर्नुपर्ने माग आफूले संसदमा राखेको गैरेले बताउनुभयो ।

कार्यक्रमको समापनका अवसरमा नेकपा एमाले पाल्पा जिल्ला कमिटि अध्यक्ष धनेन्द्रराज घिमिरेले नेकपा एमाले पाल्पाको अधिवेशन नजिकिदै गरेकोले पार्टी सदस्यता शुद्धिकरण र नविकरण, पालिका र वडाहरुको अधिवेशनको क्रम चलिरहेको बताउनुभयो । एमाले पाल्पाका सचिव रामजी पोखरेलले एमाले पार्टीमा युवाहरुको आकर्षण बढ्दै गएकोले युवा पुस्ताको राजनीतिमा सहभागीता बृद्धिका बिषयमा पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका नेता परशुराम भट्टराई, जिल्ला उपसचिव टिका बहादुर थापा सहित जिल्ला स्थित बिभिन्न नेताहरु र स्थानीय अगुवा कार्यकर्ता गरी २ सय जना बढीको सहभागिता रहेको थियो । एमाले बगनासकाली गाउँकमिटिका अध्यक्ष हरिप्रसाद पाठकको अध्यक्षता र सचिव ओमप्रकाश गैरेको संचालनमा कार्यक्रम चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here