बगनासकाली नायरमा २ सामुदायिक भवन उद्घाटन

0
392

पाल्पा । बगनासकाली गाउँपालिका–३ नायरमा निर्मित २ वटा सामुदायिक भवनको उद्घाटन गरिएको छ ।
नायर सामुदायिक महिला भवन र पारिडाँडा सामुदायिक भवनको एक कार्यक्रमका बीच बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले उद्घाटन गर्नुभयो ।

भवनको उद्घाटन गर्नुहुँदै अध्यक्ष चिदीले यी भवनमा सामुदायिक स्तरमा हुने बिभिन्न कार्यक्रम संचालन र सामुदायिक कार्य गर्न सजिलो हुने बताउनुभयो । भवनमा अहिले स्वास्थ्य चौकीको घुम्ती सेवा संचालनका अहिले सामाजिक कार्यक्रमहरु संचालन हुन थालेका छन् । खोप केन्द्रका लागि पनि सहज भएको अध्यक्ष चिदीले भन्नुभयो ।

कार्यक्रममा बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, वडा नं. ३ का अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले सामुदायिक भवनबाट स्थानीयहरुलाई धेरै सहज हुने बताउनुभयो । कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्ने जग्गादाताहरु अमरप्रसाद श्रेष्ठ र खुम बहादुर थापालाई सम्मान गरिएको थियो ।

नायर सामुदायिक महिला भवनको काम केही रुपमा अघिल्ला वर्षहरुमा भएर अधुरै रहेको थियो । चालु आर्थिक वर्षमा बगनासकाली गाउँपालिकाबाट बिनियोजित ९ लाख रुपैयाँबाट उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । त्यस्तै पारिडाँडा सामुदायिक भवन आर्थिक २०७८/०७९ मा प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष धनप्रसाद श्रेष्ठले बताउनुभयो ।

कार्यक्रम कार्यपालिका सदस्य बसन्ती थापाको स्वागत, वडाध्यक्ष टीका बहादुर थापाको अध्यक्षता र वडा सचिव माधव भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here