पाल्पाको २ को २ मा बाम गठबन्धनका घर्ती बिजयी

0
1221

पाल्पा क्षेत्र नं. २ अन्र्तगत प्रदेशसभा २ मा बामगठबन्धनका उम्मेदवार तुलाराम घर्ती मगर बसन्त बिजयी भएका छन् । उनले ४ हजार ९ सय २६ मत अग्रताका साथ बिजयी हासिल गरेका हुन् । यद्यपी यसबारे निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छैन । प्रतिनिधिसभा सदस्यसँगै घोषणा हुने भएकोले बिजयी उम्मेदवारहरुको घोषणा भोलि दिउँसो मात्रै हुनेछ ।
उनले १६ हजार ४ सय २२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राम बहादुर कार्कीले ११ हजार ४ सय ९६ मत ल्याएका छन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।