पाल्पा इन्जिनियरिङ्ग कलेजमा विद्यार्थीको आन्दोलन स्थगित

    0
    689

    कमल अधिकारी । तानसेन
    पाल्पा इन्जिनियरिङ्ग कलेजका विद्यार्थीहरुले आफ्ना शैक्षिक मागहरु प्रति क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएका बिधार्थीहरु र क्याम्पस प्रसासनबिच सहमति भएपछि बिधार्थीहरुले आन्दोलन स्थगित गरेका छन् ।

    आफूहरुले पटक–पटक मौखिक तथा ललिखित माग गर्दा समेत प्रशासनले कुनै सुनुवाई नगरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीहरुले क्याम्पस प्रशासन र गेटमा तालाबन्दी तथा क्याम्पस परिसरमै टायर बालेर आन्दोलन गरेका थिए ।

    कलेजका इन्जिनियरिङ्ग सवओभर सियर र अमिन अध्ययन गर्ने विद्यार्थीहरुले मंसिर ७ गते कलेज प्रशासनमा ७ बुँदे मागपत्र पेश गरेर विद्यार्थीका शैक्षिकमागहरु सुनुवाई गर्न माग गरिएको भएतापनि क्याम्पस प्रशसानले वेवास्ता गरेकोे विद्यार्थीहरुले बताएका छन् । दुईवटा शिक्षकबाट क्याम्पस चलेको छ, पुस्तक पनि पाठ्यक्रमअनुसार नभई पुराना पुस्तकहरुबाट अध्ययन गर्न गाह्रो भएको छ, हाम्रो मागहरु तुरुन्तै समाधान गर्नुपर्दछ, माग पूरा नभए फेरी पनि आन्दोलन गर्ने बिधार्थी नेता राजेश खडेकाले बताए । क्याम्पसले दुर दराजबाट आएका विद्यार्थीलाई समेत वेवास्ता गरी खाली कमाउधन्दामा मात्रै लागेका कारण बाध्य भएर आन्दोलन गर्नुपरेको विद्यार्थी अम्बिका थापाले बताइन् । क्याम्पस प्रमुख कमल पौडेलले विद्यार्थीका मागका विषयमा छलफलभइरहेको र छिटोनै समाधान खाजिने बताए ।

    क्याम्पस प्रमुख र प्रसासनले सबै माग मंसिर मसान्तभित्र पुरा गर्ने लिखित सहमति जनाएपछि आन्दोलन स्थगित गरिएको हो । आफुहरुको माग सहमतिअनुसार पुरा नभए फेरीपनि आन्दोलनमा जाने विद्यार्थीहरुले बताएका छन् ।

    पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।