१८ वटा गोरू सहित तस्करीमा संलग्न ३ जना पाल्पामा पक्राउ

0
586

पाल्पा । १८ वटा गोरू सहित तस्करीमा संलग्न ३ जना पाल्पामा पक्राउ परेका छन् । तिनाउ गाउँपालिका–३, स्थित बेलबास–दोभान सडक हुँदै सिद्धार्थ राजमार्गमा चेकजाँचको क्रममा१८ वटा गोरुसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले बताउनुभयो ।

लु १ ख ८३४० नम्बरको ट्रकमा १८ वटा गोरु राखेर सिद्धार्थ राजमार्गमा ल्याउने क्रममा दोभान प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ पर्नेमा ट्रक चालक बझाङ् जिल्ला फला गाउँपालिका–३, घरभई हाल कैलाली बेवाणी गाउँपालिका ७ बस्ने २७ वर्षको विशाल धामी, कपिलवस्तु शिवराज नगरपालिका–७, बस्ने २४ वर्षका राधेश्याम रैदास र सोही स्थानका १९ वर्षका सद्दाम हुसेन रहेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

ट्रकभित्र १८ वटा गोरुमध्ये एउटा मरेको र बाँकी १७ वटा गोरु सकुशल फेला पारेको प्रनाउ श्रेष्ठले बताउनुभयो । पक्राउ गरिएको ट्रकसहित तीन जना व्यक्तिलाई कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here