बगनासकालीमा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न

0
240

पाल्पा । युवा तथा खेलकूद विकास समिति बगनासकालीको आयोजनामा अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ । महिला भलिवल तर्फ ६ समूहले भाग लिएका थिए । जसमध्ये बुद्धज्योति युवा क्लव चिर्तुङधारा प्रथम, नायरनमतलेसको समूह द्वितिय र पोखराथोकको समूह तृतीय भएका छन् ।

त्यस्तै पुरुष भलिवल तर्फ ८ समूहले भाग लिएका थिए । जसमा वडा नं. ६ यम्घाको समूह प्रथम, वडा नं. ७ खानीगाउँको समूह द्वितिय र वडा नं. ४ खानीछापको समूह तृतीय भएका छन् । महिला भलिवल ग्राम्य मावि चिर्तुङधारा र पुरुष भलिवल शहिद केवल गाहा स्मृति पार्क दर्लमडाँडा तल्लो कोलडाँडामा सञ्चालन गरिएको थियो । कार्यक्रमका प्रमुअ अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बगनासकाली गाउँपालिकाले खेल क्षेत्रको प्रवर्धनका लागि बिशेष कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले पालिका भित्र रहेका खेलमैदानहरुलाई समयसापेक्ष अनुसार थप व्यवस्थित बनाउँदै मैदान नभएका स्थानहरुमा खेल मैदानका लागि पालिकाले योजना बनाई काम गर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, वडा नं. १ का अध्यक्ष शेर बहादुर चिदी लगायतको पनि उपस्थिति थियो । बिजयी समूहलाई नगद ट्रफी र मेडल प्रदान गरिएको थियो । बेष्ट प्लेयर दर्शना राना र अजय थापालाई नगद र ट्रफी बितरण गरिएको थियो । समितिका सचिव मिन बहादुर रानाको सञ्चालन र अध्यक्ष ओम प्रकाश गैरेको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here