चापपानी र सैनामैनामा स्वास्थ्य शिविर सम्पन्न

0
874

बगनासकाली । गाउँ अपांगता पूर्नस्थापन समितिको आयोजना, Nepalese Brothers Room NBR Kind Heart Society को सहयोगमा बगनासकाली गाउँपालिकाको वडा नं. ५, ६, ७ ८ र ९ पाल्पा र सैनामैना नगरपालिका, रुपन्देहीमा अपांग लक्षित निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सप्पन्न भएको छ ।

पाल्पामा सप्पन्न भएको कार्यक्रमको अध्यक्षता गाउँ अपांग पुर्नस्थापन समितीका अध्यक्ष सीता भुसाल, प्रमुख अतिथि बगनासकाली गाउपालिका अध्यक्ष कृष्ण बस्याल, अतिथिहरुमा बगनासकाली गाउपालिका उपाध्यक्ष सरस्वती चिदी मगर, चन्द्र मा बिका ब्यबस्थापन समिती अध्यक्ष भोजराज तिमिल्सिना, NBR का प्रतिनिधि शुदर्शन पाण्डे,KHS का प्रतिनिधि डा. राजिब चौधरी र डा. शिव पन्डित, अपांग जिल्ला समन्वय समितीका अध्यक्ष देबि प्रसाद न्यौपानेले मन्तव्य राखेका थिए ।साथै कार्यक्रम संचालन चुडामणि खडालले गरेका थिए ।

सो निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम बगनासकालीमा ३४ जना पुरुष, ३१ जना महिला गरि जम्मा ६५ जना र सैनामैनामा ३० जना पुरुष, १८ जना महिला गरि जम्मा ४८ जना लाभान्वित भएका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।