कांग्रेस पाल्पाको दोस्रो जिल्ला सम्मेलन मंसिर ३० गते

0
263

पाल्पा । यही मंसिर ३० गते नेपाली कांग्रेस पाल्पाको दोस्रो जिल्ला सम्मेलन हुने भएको छ ।

सम्मेलनका लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पाल्पा आउने कार्यक्रम रहेको नेपाली कांग्रेस पाल्पाले जनाएको छ । देउवा सहित वरिष्ठ नेता शेखर कोइराला लगायत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तानसेन आउने कार्यक्रम तय भएको बताइएको छ ।

सम्मेलनको तयारी तीव्र पारिएको नेपाली कांग्र्रेस पाल्पाका प्रवक्ता शोभाकर न्यौपानेले बताउनुभयो । कांग्रेसले पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन सम्मेलन गर्न लागेको उहाँले बताउनुभयो । सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरुले कामलाई तीव्रता दिएको उहाँले बताउनुभयो । सम्मेलनमा नीति तथा कार्यक्रम नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले,सांगठनिक प्रतिवेदन सचिव द्वय सन्तोष कुमार थापा मगर र सुनिता अधिकारीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मोहन प्रसाद श्रेष्ठले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको सफलताका लागि नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा ३ सय १ जना सदस्यीय मूल आयोजक समिति निर्माण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here