पाल्पाका पत्रकार र माथागढीका जनप्रतिनिधि बीच मैत्रीपूर्ण फुलबल हुने

0
277

पाल्पा । माथागढी गाउँपालिकाका जनप्रतिनिधि र पाल्पाका पत्रकारहरुबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने भएको छ ।

माथागढी गाउँपालिकाको सराई खेल मैदानमा खेलकुद पत्रकार मञ्च पाल्पा र माथागढी गाउपालिकाका जनप्रतिनिधि बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने बारे तानसेनमा मंगलवार पत्रकार भेटघाट मार्फत जानकारी गराइएको छ । कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले यही कार्तिक ३ गते सराई मैदानमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने बताउनुभयो ।

अध्यक्ष चिदीले खेलकुद पत्रकार मन्ञ्चले फुटबल प्रतियोगिताका लागी प्रस्ताव राखेको र कार्यपालिकाले त्यसलाई सहजै स्वीकार गर्दै खेल सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । स्वास्थ्य राम्रो बनाउन खेलकुदको भुमिका महत्वपूर्ण हुने बताउँदै अध्यक्ष चिदीले स्वास्थ्यका लागी औसधीको काम खेलकुदले गर्ने भएकाले स्वास्थ्यलाई राम्रो बनाउन खेल खेल्नुपर्ने बताउनुभयो । गाउँपालिकाले खेलकुदमा फड्को मार्न र माथागढीको समथर भुमिमा खेल संरचनाको विकास गर्न यो राम्रो अवसर भएको उहाँको भनाई थियो । पत्रकार र जनप्रतिनिधि बीच हुने खेलले एक आपसमा मित्रता र भाइचारा कायम गर्न सफल हुने उहाँको बिश्वास थियो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पत्रकार र जनप्रतिनिधि बीचको खेलले खेल पुर्बाधार बिकास गर्न र सराई मैदानको प्रचार टेवा पुग्ने बताउनुभयो । कार्यक्रम खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष माधव अर्यालको अध्यक्षता र सचिव बिजय बौडेलको सञ्चालनमा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here