दशैं नजिकिदैः वडामै भत्ता बाड्दै बगनासकाली

0
576

पाल्पा । बगनासकाली गाउँपालिकाले वडा स्तरबाट सामाजिक सुरक्षा भत्ता वितरणको तालिका सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९,०८० को सुरुवातदेखि नै वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

यसरी वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि लाभग्राहीहरु खुशी भएका छन् । नेपाल बैंकसँगको सहकार्यमा गाउँपालिकाले वडा स्तरबाटै भत्ता बितरण गर्दै आएको छ ।

आर्थिक वर्ष २०८०,०८१ को पहिलो त्रैमासिकको भत्ता बितरण यही असोज १८ गतेदेखि २६ गतेसम्म बिभिन्न वडाहरुमा हुँदैछ । जस अन्तरगत असाजे १८ गते वडा नं. ९ चापपानीमा भत्ता बितरण हुँदैछ । त्यस्तै १९ गते बराङ्दीमा २० र २१ गते यम्घामा भत्ता बितरण हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले बताउनुभयो ।

त्यस्तै २२ गते दर्लमडाँडा, २३ गते खानीछाप, २४ गते नायरनमतलेस, २५ पोखराथोक र २६ गते खानीगाउँमा भत्ता बितरण गरिने उहाँले बताउनुभयो । चापपानीको सामुदायिक अध्ययन केन्द्र लिधिनडाँडाबाट, यम्घाको २० गते गुँगा मावि र २१ गते सिता माविबाट भत्ता बितरण गरिदैछ । अन्य वडाहरुको भत्ता बितरण सम्बन्धित वडा कार्यालयबाटै गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here