पाल्पामा एमाले माओवादीले साझा बिज्ञप्ति निकाले

0
1432

पाल्पा । बाम गठबन्धनका २ घटक नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) पाल्पाले साझा बिज्ञप्ती जारी गरेका छन् ।
मंगलवार जारी बिज्ञप्तीमा वैचारिक नेतृत्वमा राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानु पातिक समावेशीता र सामाजिक न्याय सहितको समाजवाद उन्मुख संविधान निमार्ण गर्न सम्भव भएको हो । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलता साथ सम्पन्न गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समृद्ध नेपाल निमार्ण गर्ने हाम्रो उद्देश्य रहिआएको छ ।

यो महान् ऐतिहासिक राष्ट्रिय कार्यभार पुरा गर्न नेपालमा रहेका प्रभावशाली दुई वटा कम्युनिष्ट पार्टी र अन्य कम्यूनिष्ट पार्टी बीच समेत आगामी निर्वाचनमा वामपन्थी गठबन्धन गर्दै कालान्तरमा पार्टी एकीकरण गर्र्ने महान् उद्देश्यको हामी हार्दिक स्वागत गर्दछौं । उल्लेख छ ।

त्यस्तै विगत २००६ सालदेखि हालसम्म पाल्पा जिल्ला कम्युनिष्ट आन्दोलनको उर्वरभूमि हो । यो गौरवमय विरासतलाई थप शक्तिका साथ निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछौं । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई भारी बहुमतले विजयी गराउन सम्पूर्ण पाल्पाली जनतालाई हार्दिक आव्हान गर्दछौं ।

साथै कात्तिक १६ गते जिल्ला सदरमुकाम तानसेनमा हुने उम्मेदवार मनोनयन दर्ता कार्यक्रमको दिन दुवै पार्टी सम्बद्ध नेता, कार्यकर्ता तथा सम्पूर्ण न्यायप्रेमी पाल्पाली जनताको भव्य उपस्थितिको लागि हार्दिक अपिल गर्दछौं । उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्य र नेकपा माओवादी केन्द्र पाल्पाका संयोजक गिर बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।