Home Authors Posts by palpa samachar

palpa samachar

1868 POSTS 0 COMMENTS
बिगत ७ वर्षदेखि पाल्पा सदरमुकाम तानसेनबाट पाल्पा समाचारपत्र साप्ताहिक प्रकाशन हुँदै आएको छ । प्रेस काउन्सिल नेपालद्धारा ख बर्गमा बर्गिकृत यो पत्रिकाले सामाजिक रुपान्तरणको संवाहक नारा मात्रै नलिइ साच्चिकै समाज रुपान्तरणका लागि एउटा स्थानीय पत्रिकाले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्दै आएको यहाँहरु सबैलाई बिदितै छ । पत्रिकाको निरन्तरता सँगै नयाँ प्रविधिलाई आत्मसात् गर्दै समुदायलाई सेकेण्डभरमा सुसुचित गर्ने र स्थानीय रचनात्मक गतिबिधिलाई बिश्वभर प्रचार गर्ने उद्देश्यले पाल्पा समाचार डटकम सुरु गरिएको हो । यो अनलाइन पत्रिकामा खासगरि पाल्पा र आसपासका जिल्लाका सामाजिक रुपान्तरणका खबरलाई खोजमुलक रुपमा प्रकाशन गर्नेछौं । समुदायमा रहेका बिकृति बिसंगतिहरुको अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि सक्दो भूमिका निर्वाह गर्नेमा हामी सदैब तत्पर हुनेछौं । स्थानीय समुदायलाई थप सचेत पार्दै जिम्मेवार र सेवाप्रदायक निकायहरु, सरकारी तथा गैरसरकारी संस्थाहरुको काम र क्रियाकलापलाई सेवाग्राही मैत्री बनाउनेमा हामीले समाचारका माध्यमबाट सदैब घच्घच्याउनेछौं । देखिएका समस्या र त्यसको समाधानको पहल सहितका उदाहरण र सरोकारवालाको भनाई राख्दै हामीले हाम्रा सबै समाचार सामाग्रीमा सबै पक्षको सहभागिताको अनुभुति गर्ने गराउने प्रतिबद्धता गर्दछौं । हामी कुनै एउटा राजनीतिक दल, कुनै बर्ग वा समुदायमा मात्रै सीमित नरही समग्र समाजको बिषयमा प्राथमिकता दिँदै एउटा दरिलो अनलाइन पत्रिकाको रुपमा स्थापित गराउनेमा लागिपर्नेछौं । यसका लागि यहाँहरुको सुझाव सल्लाह र प्रतिक्रियाको सदैब अपेक्षा गर्दछौं । सुझाव सल्लाह तथा लेख रचनाका लागि पाल्पा समाचार डटकमको कार्यालय मखनटोल तानसेन पाल्पा (तेर्सो सडक फोटो जेनिथ भएको घरको माथिल्लो तला) सम्पर्क फोन नं. ९८५७०६५८३९÷९८५७०६०१६३
- Advertisement -


Latest article

बगनासकालीमा आधारभुत पत्रकारिता तालिम सम्पन्न

पाल्पा । आदिवासी जनजाति समन्वय समिति बगनासकाली गाउँपालिकाको आयोजना र बगनाकाली गाउँपालिका कार्यालयको सहयोगमा आदिवासी जनजाति युवाहरुका लागि सञ्चालित ३ दिने आधारभुत...

आदिवासी जनजाति समुदायका युवाहरु पत्रकारिता तर्फ आकर्षित

भुवन सिंजाली । बगनाकाली (पाल्पा) बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडाकी १९ वर्षीया पेमीसरा आले १ घण्टा गाडीको यात्राबाट बगनासकाली गाउँपालिकाको चिर्तुङधारामा...

सडक घर यात्रु आफन्त

पाल्पा । सिरदेखि पाउँसम्म कुनै बैंकको सुरक्षागार्डको जस्तो पोशाक । हातमा एउटा लट्ठी छ । कम्मरसम्म झुण्डिएको सिठ्ठी र पुरानिएर च्यातिनै लागेका...