Home Authors Posts by palpa samachar

palpa samachar

1815 POSTS 0 COMMENTS
बिगत ७ वर्षदेखि पाल्पा सदरमुकाम तानसेनबाट पाल्पा समाचारपत्र साप्ताहिक प्रकाशन हुँदै आएको छ । प्रेस काउन्सिल नेपालद्धारा ख बर्गमा बर्गिकृत यो पत्रिकाले सामाजिक रुपान्तरणको संवाहक नारा मात्रै नलिइ साच्चिकै समाज रुपान्तरणका लागि एउटा स्थानीय पत्रिकाले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्दै आएको यहाँहरु सबैलाई बिदितै छ । पत्रिकाको निरन्तरता सँगै नयाँ प्रविधिलाई आत्मसात् गर्दै समुदायलाई सेकेण्डभरमा सुसुचित गर्ने र स्थानीय रचनात्मक गतिबिधिलाई बिश्वभर प्रचार गर्ने उद्देश्यले पाल्पा समाचार डटकम सुरु गरिएको हो । यो अनलाइन पत्रिकामा खासगरि पाल्पा र आसपासका जिल्लाका सामाजिक रुपान्तरणका खबरलाई खोजमुलक रुपमा प्रकाशन गर्नेछौं । समुदायमा रहेका बिकृति बिसंगतिहरुको अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि सक्दो भूमिका निर्वाह गर्नेमा हामी सदैब तत्पर हुनेछौं । स्थानीय समुदायलाई थप सचेत पार्दै जिम्मेवार र सेवाप्रदायक निकायहरु, सरकारी तथा गैरसरकारी संस्थाहरुको काम र क्रियाकलापलाई सेवाग्राही मैत्री बनाउनेमा हामीले समाचारका माध्यमबाट सदैब घच्घच्याउनेछौं । देखिएका समस्या र त्यसको समाधानको पहल सहितका उदाहरण र सरोकारवालाको भनाई राख्दै हामीले हाम्रा सबै समाचार सामाग्रीमा सबै पक्षको सहभागिताको अनुभुति गर्ने गराउने प्रतिबद्धता गर्दछौं । हामी कुनै एउटा राजनीतिक दल, कुनै बर्ग वा समुदायमा मात्रै सीमित नरही समग्र समाजको बिषयमा प्राथमिकता दिँदै एउटा दरिलो अनलाइन पत्रिकाको रुपमा स्थापित गराउनेमा लागिपर्नेछौं । यसका लागि यहाँहरुको सुझाव सल्लाह र प्रतिक्रियाको सदैब अपेक्षा गर्दछौं । सुझाव सल्लाह तथा लेख रचनाका लागि पाल्पा समाचार डटकमको कार्यालय मखनटोल तानसेन पाल्पा (तेर्सो सडक फोटो जेनिथ भएको घरको माथिल्लो तला) सम्पर्क फोन नं. ९८५७०६५८३९÷९८५७०६०१६३
- Advertisement -


Latest article

अभियान चलाउँदै प्रहरी टोल टोलमा

चुरामणी तिमिल्सिना । (रिडी ईलाका प्रहरी कार्यलय रिडि गुल्मीले रुरु गाउँपालिका ४ बलेटक्सारमा लैगिंक हिंसा विरुद्ध ...

अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा सिबिआरमा बिबिध कार्यक्रम सम्पन्न

पाल्पा । २८ आंै अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा अपांगता भएका बालबालिकाको प्रतिभा प्रस्तुती तथा सम्मान कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।...

रिडीमा भजन र शंख बजाउने प्रतियोगिता, असल बुहारी र पत्रकार पनि सम्मानित

पाल्पा । रुरु धार्मिक सेवा संचार प्रालिको आयोजनामा यस क्षेत्रमै नौलो कार्यक्रमको रुमिा दोहोरो शंख बजाउने प्रतियोगिता तथा खुल्ला भजन प्रतियोगिता सम्पन्न...