Home Authors Posts by palpa samachar

palpa samachar

2068 POSTS 0 COMMENTS
बिगत ७ वर्षदेखि पाल्पा सदरमुकाम तानसेनबाट पाल्पा समाचारपत्र साप्ताहिक प्रकाशन हुँदै आएको छ । प्रेस काउन्सिल नेपालद्धारा ख बर्गमा बर्गिकृत यो पत्रिकाले सामाजिक रुपान्तरणको संवाहक नारा मात्रै नलिइ साच्चिकै समाज रुपान्तरणका लागि एउटा स्थानीय पत्रिकाले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्दै आएको यहाँहरु सबैलाई बिदितै छ । पत्रिकाको निरन्तरता सँगै नयाँ प्रविधिलाई आत्मसात् गर्दै समुदायलाई सेकेण्डभरमा सुसुचित गर्ने र स्थानीय रचनात्मक गतिबिधिलाई बिश्वभर प्रचार गर्ने उद्देश्यले पाल्पा समाचार डटकम सुरु गरिएको हो । यो अनलाइन पत्रिकामा खासगरि पाल्पा र आसपासका जिल्लाका सामाजिक रुपान्तरणका खबरलाई खोजमुलक रुपमा प्रकाशन गर्नेछौं । समुदायमा रहेका बिकृति बिसंगतिहरुको अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि सक्दो भूमिका निर्वाह गर्नेमा हामी सदैब तत्पर हुनेछौं । स्थानीय समुदायलाई थप सचेत पार्दै जिम्मेवार र सेवाप्रदायक निकायहरु, सरकारी तथा गैरसरकारी संस्थाहरुको काम र क्रियाकलापलाई सेवाग्राही मैत्री बनाउनेमा हामीले समाचारका माध्यमबाट सदैब घच्घच्याउनेछौं । देखिएका समस्या र त्यसको समाधानको पहल सहितका उदाहरण र सरोकारवालाको भनाई राख्दै हामीले हाम्रा सबै समाचार सामाग्रीमा सबै पक्षको सहभागिताको अनुभुति गर्ने गराउने प्रतिबद्धता गर्दछौं । हामी कुनै एउटा राजनीतिक दल, कुनै बर्ग वा समुदायमा मात्रै सीमित नरही समग्र समाजको बिषयमा प्राथमिकता दिँदै एउटा दरिलो अनलाइन पत्रिकाको रुपमा स्थापित गराउनेमा लागिपर्नेछौं । यसका लागि यहाँहरुको सुझाव सल्लाह र प्रतिक्रियाको सदैब अपेक्षा गर्दछौं । सुझाव सल्लाह तथा लेख रचनाका लागि पाल्पा समाचार डटकमको कार्यालय मखनटोल तानसेन पाल्पा (तेर्सो सडक फोटो जेनिथ भएको घरको माथिल्लो तला) सम्पर्क फोन नं. ९८५७०६५८३९÷९८५७०६०१६३
- Advertisement -


Latest article

पाल्पाका ८५ जना पत्रकारको कोरोना बिमा

पाल्पा । पाल्पाका ८५ जना पत्रकारहरुको कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ आवद्ध पत्रकारहरुको तानसेन नगरपालिकाको सहयोगमा बिमा गरिएको हो...

भारतबाट पाल्पा आउनेहरुलाई नाकामै बस लिन जान थाल्यो, १६७ जना जिल्ला भित्रिए

पाल्पा । भारत रेल तथा सवारी चल्न थालेपछि भारतबाट १६७ जना पाल्पा आइपुगेका छन् । भारतसँग जोडिएका विभिन्न नाकाबाट उनीहरूको उद्दार गरि...

भारतबाट आउनेलाई पहिला तानसेनको क्वारेन्टाइनमा राखिने, त्यसपछि मात्रै आफ्नै पालिकामा पठाइने

पाल्पा । भारतबाट गाउँघर फर्किएका पाल्पालीहरुलाई तानसेनमा निर्माण गरिएको होल्डिङ क्वारेन्टाइनमा राख्न थालिएको छ । शुक्रवार बसेको जिल्ला स्तरीय बैठकको निर्णय अनुसार...